उतार चढाव भएपनि नेपालमा संविधान आउछ -प्रधानमन्त्री

पुष ११, काडमाडौँ- प्रधानमन्त्री शुसिल कोइरालाले जतिसुकै उतार चढाव भएपनि नेपालमा संविधान आउँने बताउनु भएको छ । सहमतीको संविधान कुनै हालतमा आउने भन्दै कोइरालाले राजनीतिक उतार चढाव देखेर हरेस नखान समेत आग्रह गर्नु भएको छ । काभ्रे जेसिसको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधान मन्त्री कोइरालाले मुलुकमा शान्ति , स्थायीत्वका लागी लोकतान्त्रिक संविधान जारी गर्न जो कोहीले रोक्न नसक्ने बताउनु भएको छ ।

उहाँले राजनीतिक दलहरुबीच केही दिन अगाडी देखिएको केही क्रियाकलापहरु असहज जस्तो देखिएको भएपनि छलफल तथा संवादका निम्ति कार्यदल निर्माण भईसकेको भन्दै कार्यदलले सहमतीको बाटो पत्तालगाउनेमा आफु विस्वस्त रहेको बताउनु भएको छ । उहाँले मुलुकमा शान्ति, स्थायीत्व र लोकतन्त्र विकास चाहेको भन्दै राजनैतिक स्थिरताको अभावले गुमाउन लागिएको बताउनु भएको छ । प्रधानमन्त्री कोइरालाले जलश्रोत, पर्यटन, जलसम्पदा, बहुमुल्य जडिबुटीहरुको अपार भण्डार रहेको नेपालको विकास हुन नसक्नु राजनीतिक अस्थिरतानै हो भन्दै नेपालको प्रकृती तथा जलश्रोतको सही सदपयोग गर्न नसक्दा समस्या भईरहेको बताउनु भएको छ । उहाँले राजनीतिक स्थीरता भएमा आगामी दशवर्षमा मुलुक कायापलट हुने बताउनु भएको छ । उहाँले जेसिस बाट नेपाली राजनीतिक दलहरले पनि अनुशासन सिक्नु पर्ने पनि उहाले बताउनु भएको छ ।