संविधानका अन्र्तबस्तुमा सहमति खोज्न चारपक्षीय कार्यदल गृहकार्यमा

पुष ११, काडमाडौँ-केही समययता देखिएको दलहरुको ध्रुबीकरणलाई पन्छ्याउँदै दलहरु संविधानका खातिर छलफलमा जुटेका छन् । जसका कारण संविधान बन्नेमा फेरि एक पटक आशा जागेको छ । संविधानका अन्र्तबस्तुमा सहमति खोज्न चारपक्षीय कार्यदलले आज बाट नै गृहकार्य थालेको एमाले नेता भिम रावलले जानकारी दिए ।

नेता रावलका अनुसार आज संघियताका विषयमा समान धारणा बनाउन प्रयत्न गर्नेछ । कार्यदलले शक्ति बाँडफाँडका विषयमा पनि छलफल गर्नेछ । कार्यदलमा कांग्रेसका कृष्ण सिटौला, एमालेका भिम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मधेसी मोर्चाका लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।

आज कार्यदलले छलफल गरेपछि फेरि शीर्ष तहमा बसेर विवाद समाधान गर्ने कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले बताए । आरोप प्रत्यारोपमै बढी केन्द्रित भइरहेका बेला दलहरु मुद्दा केन्द्रित छलफलका लागि प्रस्ताव तयार गर्न कार्यदल बनाएका हुन् । शीर्ष दलले हिजो साँझ बनाइएको कार्यदलले संघियता, शासकीय स्वरुप र न्ययाप्रणालीका विषयमा सहमति खोज्नेछ ।