चिसोका कारण महिलाको मृत्यु

पुष ११,महोत्तरी-चिसो बढ्दै गएपछि तराइमा मृत्यु हुने सर्वसाधारणको संख्या बढ्दै गएको छ । गएराती मात्रै महोत्तरीको लक्ष्मिनियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मिनिया–९ का ४२ वर्षीया पूर्णीदेवी सदा रहेको स्थानीय सन्तोष सिंहले बताउनुभयो । सदासहित अहिलेसम्म चिसोका कारण जिल्लाको मनरा, जलेश्वर नगरपालिका, सिस्वाकटैयामा गरी चारजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।