कडा सुरक्षा व्यबस्थाका बिच चिनिया विदेश मन्त्रीले गरे नगरकोटबाट सूर्योदय दर्शन

पुष ११, भक्तपुर-तीनदिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी नगरकोट बसेर आज बिहान काठमाडाँै फर्किएका छन् ।  बिहीबार आएका विदेशमन्त्री वाङ हिजो अपराह्न होटेल क्लब हिमालयनमा रात बस्ने गरी नगरकोट पुगेका थिए । उनले आज बिहान क्लब हिमालयनबाट सूर्योदयका साथै यहाँबाट देखिने हिमालहरुको अवलोकन गर्नुभएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दिपक लामिछानेले जानकारी दिए । यसअघि हिजो साँझ उनले नगरकोटको भ्यूटावर गई करिब एकघण्टा हिमाल र सूर्यास्तको दृश्य अवलोकन गरेका थिए ।  चिनियाँ विदेशमन्त्री वाङ नगरकोट पुगेपछि नगरकोटको सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको थियो ।