अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता आजदेखि सौराहामा सुरु

पुष ११, चितवन-पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हात्ती महोत्सवअन्तर्गत हुने अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगितामा यसपटक पाँच विदेशी समूहले सहभागिता जनाउने भएका छन् । प्रतियोगीता आज देखि चितवनको सौराहामा सुरु भएको छ । बीस समूहमध्ये १५ समूह नेपाली रहने आयोजक क्षेत्रीय होटल सङ्घका सचिव दामोदर रेग्मीले जानकारी दिए। आज दिउँसो सौराहास्थित बाघमारा वनको चौरमा हात्ती दौड प्रतियोगिता सुरु हुँदैछ।

गैरआवासीय नेपालीको समूह एनआरएन ए जापान, रोवर्ट डङ्कन बेलायत, बुबो ट्राभल्स स्लोभाकिया, क्लार्क एन्ड नाइज अस्ट्रेलियाले खेलमा सहभागिता जनाउने आयोजकले जनाएको छ। हात्ती महोत्सवमा सबैभन्दा रोमाञ्चक हात्तीको दौड र फुटबल हुने गर्छ।

यस्तै नेपाली टोलीमा मनकामना दर्शन प्रालि, होटल ल्यान्डमार्क पोखरा, चितवन निकुन्ज, सिद्धार्थ रेफ्री जेनेरेटर, जिल्ला विकास समिति चितवनलगायत विभिन्न ट्राभल एजेन्सी रहेका छन्। २० समूहमध्ये आजको खेलबाट १२ समूह दोस्रो चरणमा जानेछन्।

यस्तै हात्तीका छावाबीचको रोमाञ्चक फुटवलमा यो वर्ष  प्रभु विकास बैकविरुद्ध ग्य्रान्डी अस्पताल र वाइवाइ चाउचाउविरुद्ध ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल ९टान० भिड्ने छन्।