प्रयोगविहीन बन्दै वीरको भीआईपी कक्ष

पुष ११,काठमाडौँ-मुलुककै जेठो र सरकारी तवरको सस्तो अनि भरपर्दो भनिएको वीर अस्पतालको अवस्था नि दिनानु दिन दयनिय बन्दै गइरहेको छ । जसको भिआइपी कक्षमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च व्यक्तिलाई लक्षित गरी निर्माण गरिएको भीभीआईपी र भीआईपी कक्ष अझै सञ्चालनमा आउन सकेको छैन। तत्कालीन राजा र राजपरिवारका सदस्यको उपचारका लागि निर्माण गरिएको रोयल स्विटुलाई परिवर्तन गरी गत मंसिर ८ गते सार्क सम्मेलनका बेला भीभीआईपी र भीआईपी कक्ष तयार गरिएको थियो।

भीभीआईपी कक्ष तयार भए पनि अत्यावश्यक सेवाका लागि सरकारले बजेट नदिँदा सञ्चालन गर्न नसकिएको अस्पतालका निर्देशक डा। स्वयंप्रकाश पण्डितले बताए।  सार्क सम्मेलनका बेला अन्तर्राष्ट्रिय विशिष्ट पाहुनाको अत्यावश्यक उपचार गर्नुपर्ने हुनसक्छ भन्दै मन्त्रालयले हामीलाई उक्त कक्ष तयार गर्न निर्देशन दियोु, पण्डितले अन्नपूर्णसँग भने, ुत्यसपछि मन्त्रालयले एमआरआई मेसिन खरिद गर्न दिएको रकमबाट भीभीआईपी कक्ष निर्माण गरेका थियौं। तर अहिले सरकारले बजेट नपठाउँदा प्रयोगविहीन अवस्थामा राख्नुपर्ने बाध्यता छ।ु

मन्त्रालयले अस्पताललाई एमआरआई खरिद गर्न दिएको रकममध्ये करिब डेढ करोड रुपैयाँ भीभीआईपी कक्ष निर्माणमा खर्चिएको उनले बताए। नेपालमै सम्भव हुने उपचारका लागि पनि धेरैजसो भीभीआईपी र भीआईपी राज्यको खर्चमा विदेश वा नेपालकै निजी अस्पताल धाउने गरेका छन्।