आग्रहसहित बस्ने बैठकले निकास दिन्‍न : अध्यक्ष ओली

पुष ११,काठमाडौँ-एमाले अध्यक्ष केपी शर्मा ओलीले आआफ्ना आग्रह बोकेर बस्ने प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकले तत्काल केही पनि निकास निकाल्न नसक्ने बताएका छन्। उनका अनुसार संविधानका विवादित विषयमा सहमति जुटाउन आग्रह त्यागेर वार्तामा बस्नुपर्छ।

ुमनमस्तिष्कमा एअर टाइट छ त्यहाँ। आफ्ना प्रिअकुपाइड मनस्थितिका साथ त्यहाँ ९बैठकमा० बसेपछि तत्काल समाधान निस्कँदैनु, ओलीले भने, आग्रहमा मात्र चल्छु भन्ने संकल्प बोकेर जाने कुराले सहमति बन्दैन। त्यसकारण हामी त्यस स्थितिमा परिवर्तन ल्याउँछौं र सहमति बनाउनुपर्छ।

ओलीले संघीयताबारे सात प्रदेशभन्दा अगाडि बढ्न नसक्ने पनि बताए। ुकसैले एमाले(कांग्रेसले भनेको सात प्रदेश हुँदैन, चारमात्र मान्छौं भन्यो भने सम्झौता गर्न सकिएलाु, ओलीले भने, तर कसैले १० प्रदेश भन्यो भने नेपाल र प्रादेशिक सरकार भन्ने के हो र कसरी चल्छ भन्ने थाहा नपाएको मुख्यमन्त्रीको सपनामात्र झलझली देख्ने गरेकाले मात्र त्यस्तो कुरा गर्छ। त्यसमा सहमति गर्न सकिँदैन।ुअन्नपुर्ण पोष्टमा खबर छ ।

समयमै संविधान बनाउनुपर्ने ज्ञापनपत्र बुझाउन ओली निवास बालकोट पुगेको पापडको टोलीलाई सम्बोधन गर्दै उनले ुसबै पक्ष लाग्ने हो भने माघ ८ भित्रै संविधान बन्न सक्नेु दाबी पनि गरे। उनले भने, जनताले खोजेको कार्यतालिका हैन, संविधान हो।

‘आग्रहसहित बस्ने बैठकले निकास दिन्‍न’

अन्‍नपूर्ण | २०७१ पौष ११ शुक्रबार 377 पटक पढिएको

 89 2

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आआफ्ना आग्रह बोकेर बस्ने प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकले तत्काल केही पनि निकास निकाल्न नसक्ने बताएका छन्। उनका अनुसार संविधानका विवादित विषयमा सहमति जुटाउन आग्रह त्यागेर वार्तामा बस्नुपर्छ।
‘मनमस्तिष्कमा एअर टाइट छ त्यहाँ। आफ्ना प्रिअकुपाइड मनस्थितिका साथ त्यहाँ (बैठकमा) बसेपछि तत्काल समाधान निस्कँदैन’, ओलीले भने, ‘आग्रहमा मात्र चल्छु भन्ने संकल्प बोकेर जाने कुराले सहमति बन्दैन। त्यसकारण हामी त्यस स्थितिमा परिवर्तन ल्याउँछौं र सहमति बनाउनुपर्छ।’
ओलीले संघीयताबारे सात प्रदेशभन्दा अगाडि बढ्न नसक्ने पनि बताए। ‘कसैले एमाले-कांग्रेसले भनेको सात प्रदेश हुँदैन, चारमात्र मान्छौं भन्यो भने सम्झौता गर्न सकिएला’, ओलीले भने, ‘तर कसैले १० प्रदेश भन्यो भने नेपाल र प्रादेशिक सरकार भन्ने के हो र कसरी चल्छ भन्ने थाहा नपाएको मुख्यमन्त्रीको सपनामात्र झलझली देख्ने गरेकाले मात्र त्यस्तो कुरा गर्छ। त्यसमा सहमति गर्न सकिँदैन।’
समयमै संविधान बनाउनुपर्ने ज्ञापनपत्र बुझाउन ओली निवास बालकोट पुगेको पापडको टोलीलाई सम्बोधन गर्दै उनले ‘सबै पक्ष लाग्ने हो भने माघ ८ भित्रै संविधान बन्न सक्ने’ दाबी पनि गरे। उनले भने, ‘जनताले खोजेको कार्यतालिका हैन, संविधान हो।

– See more at: http://annapurnapost.com/News.aspx/story/4732#sthash.mZLqdNM4.dpuf