चिनियाँ विदेशमन्त्री र नेपाली उच्च अधिकारीबिच आज उच्चस्तरीय भेटवार्ता हुने

पुष ११,काठमाडौँ-नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली उच्च् अधिकारीबिच आज उच्चस्तरीय भेटवार्ता हुने भएको छ । भेटवार्ताका लागी परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आधा दर्जनजति मन्त्रालयका उच्च अधिकारीसहित नेपाल९चीन सीमा९नाका सुरक्षाव्यवस्था, संयुक्त सीमा बैठकलगायत विषयमा दुई पक्ष बिच वार्ता हुन लागेको परराष्ट मन्त्रालयले जनाएको छ । आज हुने  मन्त्रीस्तरीय छलफलमा नेपालको तर्फबाट उर्जा, व्यापार, स्वास्थ्य, संचार, कृषि, भौतिक पूर्वाधारलगायत विविध विषयमा एजेण्डा कुराकानी हुने परराष्टका एक अधिकारीले बताए ।

वाङले  आजै  नेपालको संविधान निर्माण, दुई देशको सम्बन्ध विस्तारलगायतका विषयमा राष्ट्रपति डा रामवरण यादब, प्रधानमन्त्री सुशील कोइराला र राजनीतिक दलका नेताहरुसंग छलफल गर्नेछन् । नेपालका राजनीतिक दलका नेताहरुसंग विदेशमन्त्री वाङले नेपालको परराष्ट्र मन्त्रालयले गर्ने दिवा र चिनिया दूतावासले गर्ने रात्रीभोजमा कुराकानी गर्ने कार्यक्रम तय गरिएको छ । उनी  भोलि बिहान धुलिखेल पुगरे भोली नै बंगलादेश जाने बताइएको छ ।