नयाँ बन्ने संविधान सञ्चारमैत्री – मन्त्री डा खड्का

पुष १०, काठमाडौँ- सहरी विकासमन्त्री डा नारायण खड्काले नयाँ बन्ने संविधान सञ्चारमैत्री हुनुपर्ने बताएका छन् । ‘हिमालय टाइम्स’ नेपाली राष्ट्रिय दैनिकको २० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधान निर्माणमा सञ्चार क्षेत्रको ठूलो भूमिका रहेको भन्दै यसअनुकूल संविधान अपरिहार्य भएको बताएका हुन् ।

कार्यक्रममा मिडिया सोसाइटीका अध्यक्ष कैलाश सिरोहियाले सञ्चारगृहले श्रमजीवी पत्रकारको श्रमको उच्च सम्मान गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याललगायतले नेपालमा छापामाध्यमको विकास र श्रमजीवी पत्रकारको हकहितका बारेमा धारणा राखेका थिए ।