भारतको बरौनीमा रहेको ग्यास प्लान्टमा समस्या आएपछि खाना पकाउने एलपी ग्यासको अभाव

पुष १०, काठमाडौँ- भारतको बरौनीमा रहेको ग्यास प्लान्टमा समस्या आएपछि खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । नेपालमा झण्डै एक महिनादेखि त्यहाँबाट ग्यास आपूति र्हुन सकेको छैन ।

अहिले भारतको कोलकोत्ताबाट ग्यास आपूति भैरहेको छ । बरौनीबाट ग्यास ३ दिनमा आपूति र्हुने गरेकोमा कोलकोत्ताबाट अहिले ७ दिनमा मात्र ग्यास आईपुग्ने भएकाले अभाव भएको ग्यास बिक्रेता महासंघ नेपालका उपाध्याक्ष महेश्वर श्रेठले बताउनुभयो । अहिले हुस्सु लाग्ने गरेकाले ग्यास आपूतिर्मा थप समस्या भएको उहाँले बताउनुभयो । गर्मी महिनाको तुलनामा जाडोमा ग्यासको खपत धेरै हुने भएकाले पनि अहिले बजारमा अभाव देखिएको हो ।

गर्मीमा १६ देखि १७ हजार मेट«िक टन खपत हुने गरेकोमा जाडो लागेसंगै माग २० हजार मेट«िक टन पुग्छ । श्रेष्ठका अनुसार एक मेट«िक टनमा ७० वटा सिलिन्डर भर्न पुग्छ भने १ सय ८ मेट«िक टन भएका कम्पनीले १५ हजार वटा मात्र सिलिन्डर भर्न सक्छन ।

तर यी कम्पनीले बजारमा एक लाख भन्दा बढी सिलिन्डर निकाल्ने गरेकाले समस्या बढ्दै गएको हो । ग्यास भर्न सक्ने क्षमता भन्दा धेरै सिलिन्डर बजारमा पठाउने गरेकाले उपभोक्ताले आवश्यकता भन्दा धेरै सिलिन्डर खरिद गर्ने गरेका छन् । केहि उपभोक्ताले विभिन्न प्रयोजनका लागि भन्दै ४ र ५ वटासम्म सिलिन्डर खरिद गरेका पाईएको छ ।

धेरै सिलिन्डर हुनेलाई समस्या नभएपनि एउटा मात्र ग्यास सिलिन्डर हुने उपभोक्तालाई भने निकै समस्या हुने भएकाले महासंघले अत्यावश्यक बाहेक अरु प्रयोजनमा ग्यास प्रयोग नगर्न आग्रह पनि गरेको छ । महासंघका अनुसार माघ महिना लागेपछि मात्रै ग्यासको आपूति सहज हुनेछ ।