सुनको भाउ घट्यो

पुष १०, काठमाडौँ- आज सुन प्रतितोला एक सय रुपैयाले घटेको छ । सुन आज तोलाको ५१ हजार ३ सयमा किनबेच भैरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । यो हिजोको भन्दा एक सय रुपैया कम हो । हिजो सुन तोलामा ५१ हजार चार समयमा किनबेच भएको थियो । यस्तै चादीको भाउ भने स्थिर छ । चादी आज तोलाको ६ सय ९० रुपैयामा कारोबार भैरहेको व्यवसायीले बताएका छन् ।