माघ ८ गते संविधानआउँदैन : रावल

पुष १०, काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यथास्थितिमा माघ ८ गतेभित्र संविधान जारी हुन नसक्ने बताउनु भएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा रावलले माघ ८ मा संविधानजारी नसके सरकार परिवर्तन गर्ने वा के गर्ने भन्नेमा सत्तासाझेदार दल नेपाली काँग्रेससँग छलफल गर्ने जानकारी दिनुभयो । उहाँले अहिले नै सरकार परिवर्तन गर्ने वेला नभएको र सबै दल एक ठाउँमा बसेर सहमित कायम गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । अहिलेको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा उहाँको जोड थियो ।
उहाँले सहमति नभएको अवस्थामा प्रक्रियाबाट संविधानजारी गर्नु चुनौतिपूर्ण भएपनि त्यसको विकल्प नभएको भन्दै चुनौतिलाई समाना गर्दै अघि बढेर माघ ८ गतेभित्रै संविधानजारी गनुपर्ने बताउनु भयो । समय निकै घर्किसकेकोले माघ ८ गते नै संविधानजारी गर्ने सम्भावना टरेको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले दलहरुवीच सबै कुरा मिलेको तर नमिलेको कुरा भने सत्तासमिकरण मात्रै भएको बताउनु भयो । अहिलेको विवाद संविधानजारी गरेपछि कसको कुन हैसियत हुने, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री को बन्ने भन्ने विवाद भएको बताउनु भाये । उहाँले जनतालाई संविधानको अन्र्तबस्तुमा विवाद भनेर गुमराहमा नपार्न आग्रह गर्दै सबैलाई गंभिर हुन आब्हान गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले सत्तासमिकरणको विषयले राजनीतिलाई प्रभावित पारेको भन्दै बर्तमान गतिरोध र अन्यौलता आउनुको दोषी प्रमुख दलका शिर्ष नेताहरुभएको आरोप लगाउनु भयो ।
उहाँले जनताले शान्ति र समृद्धि चाहे पनि तीनदलका शिर्ष नेताहरुको सत्तास्वार्थको कारण समस्या उत्पन्न भएको भन्दै गतिरोधको जिम्मेवार लिन चुनौतिदिनुभयो ।