पत्रकार क्षेत्रीको उपचारमा सहयोगका लागि आह्वान

पुष १०, काठमाडौँ- ब्रेन ट्युमरको शल्यक्रियापछि थप उपचारका क्रममा हाल भारतको नयाँ दिल्लीमा रहनुभएका पत्रकार सूर्यकुमार क्षेत्रीको उपचारमा सहयोगका लागि नेपाल प्रेस युनियनले आह्वान गरेको छ । पत्रकार क्षेत्रीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले युनियनले राष्ट्रिय वाणिज्य बैँक, सिंहदरबार शाखामा ‘सूर्यकुमार क्षेत्री उपचार सहयोग कोष’ खाता सञ्चालनमा ल्याएको युनियनले आज जनाएको छ ।

शल्यक्रियापछि चिकित्सकको परामर्शअनुसार अहिले नयाँ दिल्लीस्थित बिएलके अस्पतालमा भर्ना हुनुभएका क्षेत्री हाल सामान्य खर्चबाट धान्न नसकिने उपचारका क्रममा रहेको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बताउनुभयो ।