दर्शक कुट्ने क्रिकेटर

पुष १०, काठमाडौँ-भारतीय क्रिकेटर  युसुफ पठानले दर्शकलाई हात हालेपछि  विवादमा परेका छन्। रणजी ट्रफीको जम्मु कश्मीरविरुद्धको खेलमा बडौदाका तर्फबाट खेलिरहेका पठानले दर्शकलाई झापड हानेका थिए।  खेलको ८४ औं ओभरमा व्यक्तिगत नौ रनमा आउट भएपछि मैदानबाट बाहिरिने क्रममा पठानले दर्शकलाई झापड हानेका थिए। बडौदा क्रिकेट संघका सचिव स्नेहल पारिखले एकजना युवाले पठानलाई गाली गरेपछि उनी आक्रोशित भएको बताए। पठानले पनि रिसको झोकमा दुई झापड हानेको स्वीकार गरे।