उत्तेजना र आन्दोलनमा नलागी संविधान बनाऔँ : प्रम कोइराला

पुष १०, काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले अहिलेको समय आन्दोलन र हडतालको नभएकाले सबै दलका शिर्ष नेताहरुलाई जिम्बेवार बन्न आग्रह गरेका छन् । प्रम कोइरालाले तोकिएकै समयम संविधान जारी हुने विश्वास दोहोर्‍याउँदै सबैलाई धर्यधारण गर्दै संविधान निर्माणको काममा दत्त चित्त भएर समेत लाग्न आग्रह गरे ।

पेशागत महासंघको प्रतिनिधिमन्डलसँग छलफल गदै उनले अहिलेकुनै बहानामा पनि बहकिन नहुने स्पष्ट पारे । कोइरालाले जारी हुन लागेको नयाँ संविधानमा सबै भाषा–भाषी, धर्म, जातजातिको हक, अधिकार सुरक्षित हुने विश्वास पनि दिए । दलहरुबीचको सहमतिबाटै संविधान जारी गर्ने प्रयास भइरहेको भन्दै कोइरालाले नत्र प्रक्रियाबाटै भए पनि संबिधान जारी गर्न बाध्यता हुने स्पष्ट पारे ।

पेशागत महासंघको प्रतिनिधिमन्डलले पनि आगामी माघ ८ गते नै संविधान जारी गर्न सुझाव दिएको थियो । नयाँ संविधानमा प्रेस स्वतन्त्रता, मानवअधिकारको रक्षा गर्नुपर्नेलगायतका ८ बुँदे माग पनि ‘पापड’ले प्रस्तुत गरेको छ ।