झापामा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आज पनि जारी

पुस १०,झापा – झापाको दमकमा चौथो ध्रुवतारा कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आज पनि जारी रहने भएको छ । १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश र मलेसियाका १५० भन्दा बढी खेलाडीले सहभागिता जनाएको धु्रवतारा क्लबका अध्यक्ष भीमराज केसीले जानकारी दिनुभयो । दमकस्थित माडवारी सेवा समितिको सभाहलमा सुरु भएको यस प्रतियोगिताका विजेताले रु ५० हजार, दोस्रो हुनेले रु ४० हजार र तेस्रो हुनेले रु ३० हजार नगद प्राप्त गर्ने बुद्धिचाल प्रतियोगिताका संयोजक ज्योति प्रसाईंले बताउनुभयो । प्रतियोगितामा विभिन्न विधामा ३६ खेलाडीलाई रु दुई लाख ४० हजार बरावरको पुरस्कारमात्र प्रदान गरिने बताइएको छ ।