सिरियामा जोर्डनको लडाकु विमान इस्लामिक स्टेट आई एसले खसालेको दावीलाई अमेरिकाले अस्वीकार

पुस १०, एजेन्सी -सिरियामा जोर्डनको लडाकु विमान इस्लामिक स्टेट आई एसले खसालेको दावीलाई अमेरिकाले अस्वीकार गरेको छ । हिजो जोर्डनको एप्m–सिक्सटिन लडाकु विमान उत्तरी सिरियामा खसेको थियो भने विमानका चालकलाई आई एस लडाकुले नियन्त्राँमा लिएका थिए ।

उक्त विमानलाई आफुहरुले मिसाइल प्रहार गरी खसालेको आईएसको दावीलाई अमेरिकाले भने प्राप्त प्रमाण्ँका आधारमा अस्विकार गरेको बताएको छ ।

अमेरिकाको सेन्ट्रल कमाण्डले जारी गरेको वक्तव्यमा आई एसको गतिविधि निन्दनीय भएको भन्दै उक्त विमानका चालकलाई निहत्था अवस्थामा लडाकुले कब्जमा लिएको पुष्टि गरेको छ । विमान के कारण्ँले दुर्घटना भयो भन्नेबारे अमेरिकी सेन्ट्रल कमाण्डले खुलाएको छैन ।

सिरीया र ईराकमा आईएस विद्रोही विरुद्ध अमेरीकी नेतृत्वमा हवाई हमला भईरहेका छन् । अमेरिकालाई हवाई आक्रमणमा सहयोग गरिरहेका मुलुकहरुमध्ये जोर्डन पनि एक हो ।