राप्रपा नेपालको मेची महाकाली पशुपतिनाथ संकल्प रथयात्रा आज सर्लाही आईपुग्दै

पुस १०,काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शुरु गरेको मेची–महाकाली पशुपतिनाथ संकल्प रथयात्रा आज सर्लाही पुग्ने भएको छ । नेपाललाई सनातन धर्मसापेक्ष हिन्दुु राष्ट्र सुनिश्चित गर्न माग गर्दै सूरु भएको रथयात्रा आज सर्लाही पुग्ने  भएको हो ।

रथयात्रा हरिवनमा आएपछि हुने सभालाई राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले सम्बोधन गर्ने पार्टीले जनाएको छ । रथयात्रामा सन्त, महन्त, हिन्दुवादी नेताहरुको समेत सहभागिता रहेको जनाइएको छ ।