प्रमुख चार दलका शीर्ष नेताहरुले आज चरणबद्ध छलफल गर्ने

पुस १०,काठमाडौं – संविधान निर्माणमा सहमति कायम गर्न छाडेर एक अर्कामा आरोप प्रत्यारोपमा उत्रेका दलहरुले पुनः सहमतिको प्रयासलाई आज पनि जारी राख्ने भएका छन्् । मधेशी मोर्चासहीत प्रमुख चार दलका शीर्ष नेताहरुले आज चरणबद्ध छलफल गर्ने भएका हुन । चार दलबीच संविधानका विवादित विषयलाई सहमतिका साथ टुङ्गो लगाउने गरी आजबाट घनीभूत छलफल चलाउने सहमति गरेका हुन ।

चार दलको बैठक बस्नुअघि अहिले विहान प्रधानमन्त्री सुशील कोइरालाले शिर्ष दलका नेताहरु संग छुट्टाछुट्टै छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री कोईरालाले एमाओवादी अध्यक्ष पुस्प कमल दाहाल संग अहिले विहान छलफल गर्दै हुनुहुन्छ । त्यसैगरी एमाले अध्यक्ष केपि शर्मा ओलीसंग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै प्रधानमन्त्रीसँग मधेसी मोर्चाले छलफल गरेपछि अपराह्न ४ बजे चार दलको बैठक बस्नेछ । हिजो साँझ प्रधानमन्त्री निबास बालुवाटारमा बसेको बैठकमा नेताहरुले तिक्तता बढ्दै जाँदा सर्बत्र आलोचना देखिएको भन्दै विश्वासको वातावरण बनाउने सहमति गरेका हुन् । दलहरुले संविधानका विवादित विषयहरुमा केन्द्रीत भई छलफल गर्ने र सहमतिको प्रयास गर्ने निर्णय समेत गरेका छन् । आपसी तिक्तता हटाएर विश्वासको वातवरण निर्माण गर्न चारदलका शिर्ष नेताहरुलाई जिम्मा दिएको नेताहरुले बताएका छन् ।