न्याना लुगाफाटा बाँड्दै लायन्स क्लब

पुष ९,काठमाडौँ-लायन्स क्लब इन्टरनेशनलमा आबद्ध रहेको क्रियाशील लायन्स क्लब अफ चितवन चौतारीले  पटिहानीमा स्कुले विद्यार्थीहरुलाई न्याना कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ । हालको भरतपुर उपमहानगरपालिका २७ ९तत्कालीन पटिहानी गाविस वडा नं २० मा रहेको श्री राष्ट्रिय प्राथमिक विद्यालय वीरेन्द्रनगरमा शिशु कक्षादेखि ५ कक्षासम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई न्याना कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको कार्यक्रम संयोजक लायन दिपक अद्धैले बताए । कार्यक्रम क्लबका अध्यक्ष भक्तिप्रसाद चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो ।