एमाओवादी र मधेश केन्द्रीत राजनीति दलहरुको धम्की राष्ट्रघातीः कोइराला

पुस ९,काठमाडौं – पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाले जसरी पनि तोकिएको समय भित्र लोकतान्त्रीक संविधान जारी गरी मुलुकलाई आर्थीक क्रान्तिको बाटोमा लैजानु पर्ने बताउनु भएको छ ।

नेपाल महिला संघ जिल्लाकार्य समिति सुनसरीको तेस्रो जिल्ला अधिबेशनको उद्घाटन गर्दै आज नेतृ कोइरालाले कसैको धाक धम्कीको भरमा मुलुक चल्न नसक्ने भन्दै बताउनु भएको हो । मुलुकलाई दिगो शान्त्ति र लोकतन्त्रको पक्षमा हिडाउन माघ आठ मै लोकतान्त्रीक संविधान जारी गरिनु पर्नेमा भन्दै नेपाली जनताको जिवन स्तर उकास्न पनि समय सिमा भित्रै संविधान जारी गरी आर्थिक क्रान्त्तिको पाटोमा लाग्न सबै राजनीतिक दलका नेताहरुलाई उहाल्े आग्रह गर्नु भयो ।

कोइरालाले एमाओवादी र मधेश केन्द्रीत राजनीतिक दलहरुले आन्दोलनको मोर्चा बनाएर संविधान बन्न नदिने खेल रचेको आरोप लगाउँदै संविधान जारीगर्ने समय सिमा दिन गन्तिमा आइसकेकोले उनहिरुले दिएको धम्की राष्ट्रघाती भएको उल्लेख गर्नु भएको छ ।