बक्सिङ खेलाडी अलीको स्वास्थ्य अवस्था सुधार उन्मुख

पौष ९, काठमाडौं- बक्सिङ च्याम्पियन मुहमद अलीको स्वास्थ्यमा केही सुधार आएको छ । उमेरले ७० बर्ष पारगरिसकेका अली चिसोको कारण निमोनियाले थलिएको उनका प्रवक्ता बब गुनेलले बताए ।

बबका अनुसार हाल उनको स्वास्थ्य अवस्था उल्लेख्य रुपले सुिध्रएकोले अलीलाई छिट्टै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

अलीले तीनपटक हेभिवेट बक्सिङ च्याम्पियन भएपछि सन् १९८१ मा व्यवसायिक बक्सिङ खेलबाट सन्यास लिएका थिए ।