३ बर्ष भित्रमा बागलुङ घरभित्रको उज्यालो जिल्ला बन्ने

पुष ९, बागलुङ-बागलुङ  जिल्लालाई सन् २०१७ सम्ममा घरभित्रको उज्यालो जिल्ला बनाउने तयारीअन्र्तगत आवश्यक कामलाई तिब्रता दिइएको छ ।  जसअन्र्तगत लघु जलविद्युत आयोजना निर्माण हुने क्रम तीव्र बनेको छ ।   जिल्ला ऊर्जा तथा वातावरण शाखा र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) ले समुदायको सहभागितामा लघु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । राष्ट्रिय प्रसारण लाइनबाट विद्युत सेवा उपभोग गर्न नपाएका यहाँका ग्रामीण भेगका जनता विद्युतीकरणका लागि जुटेका छन् ।   वद्युत उत्पादनको क्षेत्रमा काम गर्ने संस्थाको अगुवाइमा विद्युत सेवा नपुगेका गाउँमा अहिले धमाधम लघु जलविद्युत योजना निर्माण तथा सञ्चालनमा रहेको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जनाएको छ ।

 शाखाका अनुसार जिल्लामा अहिले एकसय भन्दा बढी लघु जलविद्युत योजना सञ्चालनमा आएका छन् । उक्त योजनाबाट करिब तीन मेगावाट विद्युत उत्पादन भएको बताइएको छ । ती आयोजनाको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा रु एक अर्ब ८३ करोड ९६ हजार २१९ लगानी गरेको छ ।      अरु योजनासमेत निर्माणको चरणमा रहेका छन् । समुदायको सहभागितामा जिल्लाभित्र हाल १३ लघु जलविद्युत आयोजना निर्माणको चरणमा रहेको डिसिआरडिसीका सवइन्जिनियर गङ्गा आचार्यले बताउनुभयो । उनले निर्माणाधीन ती आयोजनामा करिब रु ५७ करोड लागत लाग्ने जानकारी दिए ।