ओबामाद्वारा ‘द इन्टरभ्यु’ प्रदर्शन गर्ने घोषणाको स्वागत

पुष ९, काठमाडौँ-क्रिसमस पर्वको दिन अमेरिकाका केहि सिनेमा घरहरुमा विवादास्पद हास्यप्रदान चलचित्र ‘द इन्टरभ्यु’ को प्रदर्शन हुने घोषणा सोनी पिक्चर्सले गरेको छ।  जसको उत्तर कोरियाले सो चलचित्रबिरुद्ध कडा आपत्ती जनाएको थियो । सोनीमा भएको एक साइबर हमलापछि सो चलचित्रको प्रद्शन रद्द गर्ने निर्णयको ओबामाले यस अघि आलोचना गरेका थिए। कथामा उत्तर कोरियाली नेता किम जोङ उनको हत्याको योजना बनाइका कारण सो चलचित्र विवादमा परेको हो। सोनीका अध्यक्ष माइकल लेन्टनले सो चलचित्र प्रदर्शन हुने भएपछि आफू “उत्साहित” भएको बताए। उत्तर कोरियाले चाँही सो चलचित्रले आफ्नो सर्वोच्च नेताबारे नकारात्मक भावना फैलाउने भन्दै त्यसप्रति कडा आपत्ती जनाएको थियो। यसैबिच सोनीका अध्यक्ष माइकल लेन्टनले भने, “हामी बढी भन्दा बढी सिनेमा थिएटरहरुमा स्थान सुरक्षित गर्न निरन्तर लागि रहेका छौं ताकी बढी भन्दा बढी मानिसले यो चलचित्र हेर्न सकुन्।”   हामी बढी भन्दा बढी सिनेमा थिएटरहरुमा स्थान सुरक्षित गर्न निरन्तर लागि रहेका छौं ताकी बढी भन्दा बढी मानिसले यो चलचित्र हेर्न सकुन् । बिबिसी