संविधान जारी गर्ने म्याद आइपुग्दा पनि तितरबितर दलहरु

पुष ९,काठमाडौँ-दलहरुले घोषणा गर्दै आएको संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा पनि दलहरु अझै एकतृत हुन सकेका छैनन् । संविधानका विबादित भनिएका विषयमा थाल्नु पर्ने प्रयास समेत बिचबाटोमा नै अलपत्र परेकाले संविधान आउने नआउनेमा दोधारित बनेका छन् आ आम जनता । संविधान सहमतिबाटै जारी गर्ने प्रयास भइरहेको निरन्तर रटान सत्तारुढ दुई घटक र प्रतिपक्षी एकीकृत नेकपा माओवादी दुबै पक्षले लगाइरहँदा सहमति जुटाउने बैठकमा भने उनीहरुको उपस्थितिमा नियमितता देखिएको छैन। बरु दुबै थरी नेताहरु एकअर्काप्रति कटाक्ष गर्नमा तल्लीन देखिएका छन्। संविधानका विवादित विषयमा सहमति जुटाउन र संविधानसभामा छलफलमा गइसकेको संवाद समितिको प्रतिवेदनको प्रकृयाबारे छलफल गर्न मंगलबार डाकिएका दुबै बैठकमा दलहरुबीच छलफल हुन नसकेको बताइएको छ।