प्रमुख दलहरुको बैठक आज पनि बस्दै

पुस ९,काठमाडौं -संविधान निर्माणका लागि अपनाइने प्रक्रियाको बारेमा छलफल गर्न प्रमुख तीन दल, नेपाली काङ्ग्रेस, नेकपा एमाले र एकीकृत माओवादी तथा मधेसवादी दलहरुको बैठक आज बस्दैछ । यसअघि हिजो पनि बैठक बस्ने भने पनि एमाले र एकीकृत माओवादीका अध्यक्षहरुका कारण बैठक बस्न सकेको थिएन । आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा विपक्षी दलहरुको आन्दोलन र संविधानका विवादित विषयलाई कसरी टुंग्याउनेलगायतका विषयमा छलफल हुने भएको छ । संविधान जारी गर्न तोकिएको माघ ८ गते नजिकिंदै गए पनि दलहरुबीच शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्यायप्रणाली तथा निर्वाचन प्रणाली बारेको विवाद कायम छ ।