सात दिनदेखी स्वस्तिका अनसमनमा

पुस ९,काठमाडौं – विद्यार्थीहरुलाई चर्को शुल्क उठाएको भन्दै आन्दोलन शुरुगरेको नेपाल विद्यार्थी संघ पदमकन्या कलेजकी नेतु तथा पुर्व स्ववियू सभापनि स्वस्तिका पोख्रेल ६ दिनदेखी आमरणमा बसेकी छन् । पदमकन्या कलेज प्रशासननले आफुखुशि विभिन्न तहको भर्ना शुल्क वृद्धि गरेको तथा विद्यार्थीले पाउनु पर्ने सुविधाहरु वितरण नगरेको, महिला कलेजमा पुरुष नेतृत्वको प्रशासनले दुव्र्यावहार गरेको भन्दै उहाँले अनसन शुरु गर्नु भएको बताउनु भएको छ ।

लामो समय अगाडी बाट आफ्ना विभिन्न मागहरु सहित क्याम्पस प्रशासनको ध्यानाकर्षण गरिरहेको भन्दै उहाँले पुस २ गते बाध्य भएर छातवृद्धी वितरण शाखामा तालाबन्दी गरि आन्दोलन शुरुगरेको जनाउनु भयो । हामीले हाम्रा जायज मागलाई शान्तिपुर्ण आन्दोलनको माध्यामबाट अगाडी बढाएका हौं तर क्याम्पस प्रशासनको निर्देशन हामी माथी प्रहरी हस्तक्षेप गराईयो । हामीले लगाएको ताला फोडियो । उल्टे प्रहरी प्रशासनले हिरासतमा लिईयो , उहाँले भन्नु भयो । कमल पोखरी प्रहरी वृत्तमा पानी पनि नदिइहामीलाई राखियो पटक पटक पानीको माग गर्दा समेत दिईएन , यसपछि त्यहीबाट आमरण अनसनको घोषणा गरेको पोख्रेलले बताउनु भएको छ ।
छात्तृवद्धी वितरण शाखा र विज्ञान संकाय शाखामा ताला लगाएर शुरुगरिएको आन्दोलनमा स्वस्तिकाले आफुले गाउँबाट आउने गरिब महिलाहरुले पढ्ने एक मात्र कलेजमा भर्ना फि एक्कासी किन बढ्यो बुझन खोज्दा समेत जानकारी नदिएको उहाँले आरोप लगाउनु भएको छ । उहाँले विद्यार्थीको ढाड सेक्नेगरी शुल्क उठाउन नपाईने भन्दै त्रिभुवन युनिभर्सिटीबाट प्राप्त भएको विभिन्न अनुदानको हिसाब किताव सार्वजानीक गर्नु पर्ने माग राख्नु भएको छ । नजिकको आंगिक कलेजहरुमा त्यही विषय पढनु पाँचहजार शुल्क छ तर याहाँ २० हजार लिइन्छ । भन्नु भएको बिएस्सीका दिद्यार्थीहरुलाई प्राक्टीकल नम्बर दिने प्रलोभनमा शुल्क उठाउन लागेको उहाँले जानकारी दिनु भयो ।