सिमीको उत्पादनमा ह्रास

पुष ९, काठमाडौँ-सिमी उत्पादनको लागि प्रख्यात क्षेत्रमा यस वर्ष गत वर्षको तुलनामा सिमीको उत्पादनमा कमि आएको छ । मकवानपुरमा उत्पादन हुने नगदे बालीहरु मध्येमा सिमीले पनि निकै ठुलो हिस्सा ओगटेको छ । मकवानपुरको धरैजासो ठाँउमा सिमीको खेति गरिन्छ । धेरै जसो कोसा बिक्री गर्नको लागि खेती गरे पनि गेडा सिमी उत्पादनको लागि आमभञ्ज्याङ्ग प्रख्यात रहेको छ ।

आमभञ्ज्याङ्गको वडा नं २, ४ र ६ मा गतवर्षको तुलनामा यसवर्ष सिमी उत्पादनमा कमि आएको छ । यसवर्ष सिमीमा फूल फुलिरहेको बेलामा एक्कासी आएको पानी र हुरीवतासले सिमीको झाललाई लाथालिङ्ग बनाएर फुल झारेको कारणले गर्दा फल कम लाग्ने र लागेको फल पनि खासै राम्रो नभएको कारणले उत्पादनमा गिरावाट आएको छ । सिमी उत्पादनको केन्द्र बिन्दु मानिएको आमभञ्ज्याङ्ग–४ को चुवार र सोलीथुम गाँउमा नै हुरी र पानीले धेरै असर गरेको थियो । जसकारण यसपाली सिमीको उत्पादनबाट किसानहरु सन्तुष्टी नभएको चुवार निवासी सिमी उतपादक कृषक ईन्द्र बहादुर रुम्बाको भनाई रहेको छ । हुरी आउनु पहिले गतवर्षको तुलनामा धेरै राम्रो सिमीको बोट भएको र सबै किसानहरु धेरै खुसी भएको थियो ।

तर एकै छिनको बतास र पानीले खुसीमा नै तुसारापात भएको थियो । यस क्षेत्रमा बिशेषगरी सेतो, कैलो र कालो सिमी तथा राज्माको उत्पादन हुने गर्दछ । यस क्षेत्रका एक किसानले एक वर्षमा कम्तीमा ३ क्वन्टिल देखी २० क्वीन्टल सम्मा सिमी उत्पादन गर्दै आएको छ । उत्पादीत सिमी को बजार मुल्य राम्रो रहेको र बजारको माग पनि थेगीसक्नु छैन् । सिमीको बजार मूल्य हेटौडामा प्रतिकेजी रु। १३० बाट माथी रहेको छ । यहाँ उत्पादीत सिमी नेपालको पोखरा, काठमण्डौ र पाकिस्तान सम्म पनि पुग्ने गर्दछ । गाँउमा नै बाहिरको व्यपारीहरु धेरै आउने भएकोले व्यपारी बिचको हुने मूल्यको होडवाजीले पनि त्यहाँका किसानहरुले सोचे जस्तै बजारमूल्य पाएका छन् ।