आजदेखि लागु हुने गरी १ प्रतिशत घट्यो सवारी भाडा

पुष ९, काठमाडौं-केही दिन अघि पेटोलीयम पर्दाथको मुल्य घटेपनि समायोजन नभएको सवारी भाडा आजदेखि लागु हुने गरी घटेको छ । सरकारले दर्जन पृष्ठ लामो चार्ट नै बनाएर नयाँभाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थको मूल्य पटक पटक घटेपछि चौतर्फी दबाब आएका कारण सरकार भाडा घटाउनका लागी बाध्य भएको स्रोतको दाबी छ । अहिले सवारी साधनको भाडा १ प्रतिशत मात्र घटाइएको छ । जसका कारण यात्रुहरूले अहिलेकै भाडा तिर्न बाध्य हुने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाए अनुसार ईन्धनको मूल्यका आधारमा ३५ प्रतिशत र सवारी साधनको पाटपूर्जा, उपभोग्य वस्तुको मूल्य वृद्धि तथा चालक र सहचालकको तलब लगायतलाई ६५ प्रतिशत राखेर सार्वजनिक गाडीको भाडादर कायम गर्ने सिद्धान्त अनुसार अहिले सवारी साधनहरूको भाडा घटाएको जनाएको छ ।

अहिले घटाइएको नयाँ भाडादर अनुसार ४ किलोमिटरसम्मको १५ रुपैंया, ५ किलोमिटरसम्म १६ रुपैंया, ६ किलोमिटरसम्म १८ रुपैंया, ८ किलोमिटरसम्म १९ रुपैंया, १० किलोमिटरसम्म २१ रुपैंया, १५ किलोमिटरसम्म २२ रुपैंया, १६ किलोमिटरसम्म २५ रुपैंया, १९ किलोमिटरसम्म २६ रुपैंया र १९ किलोमिटरभन्दा माथि २७ रुपैंया कायम गरिएको कुरा यातायात व्यवस्था विभागले जनाएको छ ।