भिरबाट गाडी खस्दा ११ घाइते, चाकल फरार

पुष ९, सुर्खेत- गएराती सुर्खेतमा यात्रुबाहाक बस भीरबाट खस्दा ११ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ । बाँकेको नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख १३७० नम्वरको यात्रु बस कर्णाली राजमार्गमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिव ३५ मिटर तल खसेको छ। घाइते भएका ११ जनाको राती नै उद्धार गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा भर्ना गरिएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण साघुरो बाटोमा गती तिब्र भन्ने अनुमान गरिएपनि बसका चालक फरार रहेका कारण अझै खुल्न सकेको छैन ।