सन् २०१८ मा हुने विश्वकप फुटबल प्रतियोगिताको तयारीका लागि नेपालले तीन करोड रुपैयाँ पाउने

पुस ९,काठमाडौं – सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको तयारीका लागि नेपालले पनि झन्डै तीन करोड रुपैयाँ पाउने भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले हरेक सदस्य राष्ट्रलाई तीन हजार अमेरिकी डलर तयारी सहयोग गर्न लागेको हो ।

नेपालले पनि सदस्यको हैसियतमा उक्त सहयोग पाउनेछ । नेपालले आगामी विश्वकपका लागि छनोट खेल सन् २०१५ मा खेल्नेछ । नेपाली फुटबल विकासका लागि उक्त रकम आफैंमा महत्त्वपूर्ण हुनेछ ।
गत जुन जुलाईमा ब्राजिलमा आयोजित विश्वकप फुटबलका दौरानमा फिफाका अध्यक्ष सेप ब्लाटरले हरेक सदस्य राष्ट्रलाई विश्वकपको फाइदाबाट आथिर्क अनुदान प्रदान गरिने घोषण्ाँ गर्नु भएको थियो । उक्त रकम नेपालसहित फिफामा आवद्ध सबै राष्ट्रले पाउने छन ्।