भारतको सोनितपुर र कोकराझारमा आतंकवादी आक्रमण, कम्तीमा ४४ को मृत्यु

पुस ९,काठमाडौं – भारतको असामस्थित सोनितपुर र कोकराझार जिल्लामा भएको संदिग्ध आतंकवादी आक्रमणमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । असाम प्रहरीका आइजी एसएन सिंहका अनुसार सबैभन्दा बढी सोनितपुरमा र कोकराझारमा गरी ४४ जना मारिएको बताउनुभयो । प्रहरीले आक्रमणमा प्रतिवन्धित संगठन एनडीएफबीलाई जिम्मेवार ठहराएको छ ।

प्रहरी कारवाहिमा सोमबार एनडीएफबीका दुई मुख्य नेता मारिएका थिए, जसको बदलामा संगठनले आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाई उधृत गर्दै बिबीसे जनाएको छ । आतंकवादीले आक्रमण गर्ने सुचना पाएपनि समय कम भएकाले ठूलो क्षति बेहोर्नु परेको प्रहरीले जनाएको छ ।