दलहरुको सहमति प्रयासमा मात्र सिमीत

पुस ९,काठमाडौं – तोकीएकै समय माग ८ मा नयाँ संविधान जारी गर्न चौतर्फी रुपमा दबाब बढ्दै गए पनि सहमति जुटाउँन नसकेका राजनीतिक दलहरुले आज पनि छलफल भने गर्ने भएका छन् । सहमती निकाल्न निक्कै कठिन भएका दलहरु प्रधानमन्त्रि नवास बालुवाटारमा ४ बजे छलफलमा जुट्ने भएका हुन । बैठकमा विपक्षी दलहरुको आन्दोलन र संविधानका विवादित विषयलाई कसरी टुंग्याउनेलगायतका विषयमा छलफल हुने भएको छ ।

दलहरुले सहमतीमा नै संविधानमा जारी गर्ने बताएई रहदा सहमतीको लागी दलहरु विच छलफल भने सकरात्मक रुपमा हुन सकेको छ्रन । हिजो पनि प्रमुख तिनदलले छलफल गर्ने बताए पनि औपचारीक रुपमा छलफल भने हुन सकेन । विहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ दलको बैठक नै बस्नु पर्ने बताए पछि अपराहन्न बैठक बोलाएको थियो । ४ दलको अपराहन्नको बैठक पनि एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थीत भएपछि स्थगित भएको थियो ।
झण्डै दुई घन्टा पखिर्दा पनि ओली नपुगेपछि बैठक स्थगित भएको थियो । दलहरु विच आज निष्कर्षमा पुग्ने गरी छलफल हुने जनाइएको छ । संविधान जारी गर्न तोकिएको माघ ८ गते नजिकिंदै गए पनि दलहरुबीच शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्यायप्रणाली तथा निर्वाचन प्रणाली बारेको विवाद कायम छ ।
यसैविच संविधान सभाको बैठकमा सम्वद समितीको प्रतिवदेनमाथिको आज छलफल पनि जारी रहेने भएको छ । दलहरुको असमतीकै कारण संविधान सभाको बैठक पनि लम्वीएको जनाइएको छ । बैठकमा पनि दलगत सभासदहरु आरोप प्रत्यारोपमा मात्र सिमीत रहँदै आएका छन् । बैठकमा बोल्ने सभासदको संख्या बढ्दै गए पछि बैठक अझै लम्बीने भएको छ । आजको बैठक पनि दिउँसो १ बजेका लागी तएभएको छ ।