कथाले माग्यो भने मिल्ने जती सबै देखाइदिन्छु : राखी सावन्त

पुष ८ काठमाडौँ-बेला बेलामा विवामा आईरहने बलिउड अभिनेत्री राखी सावन्तले एक कलाकारको हैसियतमा अंग प्रदर्शनको लागि आफ्नो हद नरहेको बताएकी छिन् । आफ्नो आगामी फिल्म ‘मुम्बई कान्ट डान्स साला’को प्रमोशनमा व्यक्त राखीले आफू फिल्मको कथाले चाहे अनुसार जुनसुकै अंग प्रदर्शन गर्न पनि तयार रहेको प्रतिक्रिया दिएकी हुन् ।

उनले भनिन्, ‘मैले दुई वर्षदेखि काम पाइरहेको थिइन्, यस्तो अवस्थामा यस इन्डस्ट्रीमा टिकिरहन सहज छैन । म फिल्मी ब्याग्राउण्डबाट होइन । यसकारण मेरो कुनै साहरा छैन । म जहाँ छु, आफ्नै मिहेनतका कारण छु । यसकारण पनि म आफूलाई सिमित गर्न सक्दिन । मेरो कुनै सीमा छैन । एक्सपोजका लागि तयार छु ।’

सचिन्द्र शर्माको निर्देशनमा बनेको फिल्म ‘मुम्बई कान्ट डान्स साला’मा राखी महत्वपूर्ण भूमिकामा छिन् । यसबारे उनले भनिन्, ‘यस फिल्ममा मेरो भूमिका अहम छ । म नेगेटिभ रोलमा छु । मैले यसभन्दा पहिले यस्तो भूमिका निभएको थिइनँ । मलाई फिल्मको स्क्रिप्ट एकदमै मन परेको छ ।