सरकारले भाडा घटाउ भन्दा किन टेर्दैनन् व्यापारी ?

पुष ८, काठमाडौं-प्रेट्रोलियम पदार्थको मूल्य घटेको अनुपातमा सार्वजानिक यातायातको भाडा पनि घटनुपर्ने माग चर्को रुपमा उठेपनि अहिले सम्म व्यवसायीले भाडा घटाउन तयार देखिएका छैनन । सरकारले तत्काल भाडा घटाउने निर्णय नगरे बिद्यार्थी संगठनले कडा जवाफ दिने चेतावनी दिएका छन । सरकारले प्रेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागु गरेपछि ६ पटक सम्म इन्धनको मूल्य घटेको छ ।

इन्धनको मूल्यमा भारी गिरावट आएपनि यातायात व्यवसायीले भने गाडी भाडा घटाउन तयार भएका छैनन । बिगतमा १ रुपैया प्रतिलिटर इन्धनको मूल्य बढदा पनि त्यसैको निहुमा  यातायात व्यवसायीले यातायातको भाडा चर्को रुपमा वृद्धि गरेका उदाहरण अनगिन्ती छन । तर यसपटक प्रेट्रोलको भाउ प्रतिलिटर १८ रुपैया  घटदा समेत यातायातको भाडा घटाउनु को साटो व्यवसायीहरु मृगर्दशक भएर बसेका छन । यातायात व्यवसायीले भाडा नघटाएको मा सर्वसारधण समेत खिन्न छन । सर्वसाधरणले तत्काल सवारी भाडा घटाउन माग गरे ।

सरकारले यात्रुवाहक सावारीभाडा १ प्रतिशत र मालवाहक सवारीमा ३ देखि ४ प्रतिशत घटाउने तयारी गरेको खवर सार्वजानिक भैरहेका बेला बिद्यार्थी नेताहरुले त्यसको चर्को बिरोध गरेका छन । उनीहरुले सर्वसाधरणले राहात महसुस हनुे गरी भाडा नघटाए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन । सरकार र यातायात व्यवसायीबीच भएको सम्झौता अनुसार ५ रुपैया प्रेट्रोलियम पदार्थको मूल्य थपघट भए यातायातको भाडा पनि समायोजन गर्नुपर्ने सहमति भएको छ । तर त्यो सहमति प्रेट्रोलियम पदार्थ घटदा भने लागु भएको छैन ।