समयमा संविधान भन्दै बिद्यार्थीले निकाले निन्द्रा जुजुस

पुष ८, काठमाडौं -संयुक्त बिद्यार्थी संगठनहरुले संविधान र्निमाणमा सभासदहरुलाई दवाव दिने उद्येश्यले आज निद्रा जुलुस निकालेका छन । सत्ता पक्ष र प्रतिपक्ष बिद्यार्थी संगठनहरुले आज माइतिघर मण्डला देखि नयांवानेश्वर सम्म जुलुस निकालेका हुन । बिद्यार्थीहरुले सभासदको र्निषकृयताकै कारण संविधान र्निमाण प्रक्रिया अगाडी बढन नसकेको निस्कर्ष निकाल्दै निद्रा जुलुस निकालेका हुन । अनेरास्ववियुका नेता आरसी लामिछानेले समयमै संविधान जारी गर्न सभासदहरुलाई दबाव दिन आन्दोलन गरेको बताए । बिद्यार्थीहरुले ६०१ जना सभासदलाई संकेत गर्दै १ देखी ६०१ सम्म अंकित लोगो लगाएका थिए । बिद्यार्थीहरुले ब्यू‘झ सभासद व्य‘ूझ, माघ ८ आउन १ महिना बांकी छ ,देश बिग्रनै लाग्यो ,हामीलाई संविधान चाहियो लेखेको ब्यानर लिएका थिए ।