समयमै संविधानको माग गर्दै पापडले संविधानसभा भवन घेराउ गर्यो

पुष ८, काठमाडौं-शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल पापडले समयमै संविधान दिन माग गर्दै आज नयांवानेश्वरमा धर्ना दिएको छ ।  पापडले समयमै संविधान घोषणा गर्न राजनीतिक दल र सरकारलाई दबाव दिन एक घण्टा धर्ना दिएको हो । धर्नामा सहभागीहरुले संविधान जारी गर्ने मिती माघ ८ आउन १ महिना बांकी छ भन्ने प्लेकार्ड छातीमा टासेका थिए । धर्नाको संयोजन गरेको नेपाल पत्रकार महासंघका सभापति डाक्टर महेन्द्र बिष्टले संविधान जारी गर्न दबाव दिन धर्ना गरिएको र संविधान जारी नहुन्जेल दबाव मुलक कार्यक्रम जारी राख्ने जानकारी दिनु भयो । उहांले माघ ८मा संविधान जारी नगरे राजनीतिक दलहरु माथीको विश्वासनै घटन जाने दाबी गर्नुभयो । पापडमा बिभिन्न ६ पेशागत संगठन आवद्ध छन ।