स्वास्थ्य सेवा सबैको पहुँच बढाउन सरकारले नयाँ रण्नीति ल्याउने

पुष ८, काठमाडौँ- स्वास्थ्य सेवामा सबैको पहुँच बढाउन सरकारले ५ वर्षे रणनीति ल्याउने तयारी गरेको छ । स्वास्थ्य नीति २०७१ को आधारमा ५ वर्षे रणनीति बनाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य नीतिको आधारमा सन् २०१५ देखि लागु हुने गरी नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम लागु गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पदमबहादुर चन्दले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न साथै महिला, बालबालिका तथा पछाडि पारिएका समुदायलाई लक्षित गरी कार्यक्रम ल्याउने तयारी भैरहेको उहाँले बताउनुभयो । गुणस्तरीय सेवाबाट बन्चित हुनुपर्ने अवस्था आउन नदिन साथै आधारभूत सेवाको आवश्यकतालाई परिभाषित गरेर स्वास्थ्य सेवा सुधारको कार्यक्रमहरु संचालन गर्ने योजना सरकारको छ । आधारभूत स्वास्थ्य सेवा तथा जनस्वास्थ्य सेवामा विद्यमान समस्या र स्वास्थ्य नीति कार्यान्वयन तथा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारमा ५ वर्षे स्वास्थ्य क्षेत्र कार्यक्रमले जोड दिने प्रवक्ता चन्दले जानकारी दिनुभयो ।