पत्रकार महासंघ जिल्ला शाखा रामेछापले निर्धारित समयमा संविधान निर्माणका लागि दबावमुलक धर्ना

पुष ८, रामेछाप- नेपाली जनतासंग गरेको बाचा नतोडौ २०७१ माघ ८ भित्रै लोकतान्त्रिक संबिधान निर्माण गरौ भन्ने नारा सहित जिल्ला प्रशासन कार्यलय रामेछापमा निर्धारित समयमा संविधान निर्माणका लागि दबावमुलक धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

पत्रकार महासंघ जिल्ला शाखा रामेछापको आयोजनामा भएको सो कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण संचार माध्यमको पत्रकारहरु ११ बजे देखि १२ बजेसम्म प्रशासनको प्रांङगणमा ब्यानर टागी पत्रिका बिच्छयाई बसेका थिए । कार्यक्रम पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले कार्यक्रममा सहयोग गर्ने र सहभागि पत्रकारकारहरुलाई धन्यबाद दिदै सम्पन्न गरेको छ ।