उत्तर कोरियामा इन्टरनेट सेवा अवरुद्ध

पुष ८, काठमाडौँ- उत्तर कोरियामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । देशको इन्टरनेट सेवाको वेट पूर्ण रुपमा काटिएको एक विश्लेषकलाई उधृत गर्दै बिबिसीले जनाएको छ । केहि प्राविधिक कवा साइबर आक्रमणका कारण इन्टरनेट सेवा अवरुद्ध भएको बताइएको छ । अमेरिकाले उत्तर कोरियालाई सोनी पिक्चर्समा साइबर आक्रमण गरेको आरोप लगाएको केहि दिनमै उत्तर कोरियाको इन्टरनेट सेवामा समस्या देखिएको हो । गत २४ घण्टामा त्यहाँको बाहिरी मानिससँगको इन्टरनेट सम्पर्क लगभग टुटेको छ । उत्तर कोरियामा सर्वसाधरणलाई इन्टरनेटमा सर्वसुलभ पहुँच छैन भने केहि सिमित जनसंख्या मात्रै इन्टरनेट चलाउँछन् ।