क्रिसमस बजारमा भ्यान छिराउँदा दशजना घाइते

पुष ८, काठमाडौँ-फ्रान्सको पश्चिमी सहर नान्टस्थित एउटा क्रिसमस बजारमा मानिसहरुले किनमेल गरिरहेका बेला एकजनाले भ्यान छिराउँदा १० जना घाईते भएका छन् । जसमध्ये  पाँचजनाको स्थिति गम्भीर छ। घटनाको वास्तविक परिस्थितिबारे स्पष्ट हुन सकेको छैन्। डीजो सहरका सडकपेटीहरुमा एकजनाले कार कुदाएको एक दिनपछि उक्त घटना भएको  हो। अधिकारीहरुले कुनै धार्मिक माग वा आतंकवादसँग आक्रमणको सम्बन्ध रहेको नदेखिएको बताएका छन् ।  अरेबिक भाषामा ईश्वर महान छन् भन्दै एकजना व्यक्तिले आईतबार सडकपेटीहरुमा कार कुदाउँदा ११ जना घाईते भएका थिए। त्यसको एकदिन अघि एउटा प्रहरी चौकीमा तीनजना प्रहरी अधिकारीहरुमाथि आक्रमण गर्न खोज्ने चक्कु बोकेका एक व्यक्ति प्रहरी कारवाहीमा मारिएका थिए। राष्ट्रपति फ्रान्स्वाँ ओलान्दले शनिबार र आईतबारको घटनापछि त्यस्ता मानिसहरुमाथि निगरानी राख्न अपिल गरेका छन्। सर्वसाधारणलाई नआत्तिन उनले आग्रह पनि गरे।  बीबीसी