एकीकृत नेकपा माओवादीले प्रमुख तीन दलको मात्र बैठक बस्न अस्वीकार

पुष ८, काठमाडौँ- एकीकृत नेकपा माओवादीले प्रमुख तीन दलको मात्र बैठक बस्न अस्वीकार गरेको छ । कांग्रेस एमालेले संविधानका विवादित विषयमा सहमतिको प्रयास गर्न भन्दै विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाओवादी नेताहरुलाई बोलाएका थिए । एक्लै बालुवाटार पुगेका प्रचण्डले तीन दल मात्र बसेर छलफल गर्नुको औचित्य नभएको भन्दै फकिर्ए । ‘चार दलकै बैठक बस्नुपर्छ भनेर प्रधानमन्त्रीसँग सल्लाह गरेर अध्यक्ष फकिर्नु भएको हो,’ प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले अनलाइनखबरस“ग भने, ‘चार बजे चार दलको बैठक राखिएको छ ।’

यसअघि शनिबारको बैठक पनि बहिस्कार गर्दै प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए । त्यसलगत्तै प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सार्बजनिक रुपमै ‘वाकयुद्ध’ चलिरहेको छ । माओवादी नेताहरु छलफलमा नबसेपछि कांग्रेस–एमालेले भने प्रचण्ड नेतृत्वको मोर्चा संविधान निर्माण्ँको विपक्षमा रहेको निष्कर्È निकालेका छन् । दुई दलका शीर्ष नेताहरुको बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय समेत गरेको छ ।