प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपाल दोस्रो स्थानमा

पुष ८, काठमाडौँ-दक्षिण एशियाली महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपालले आज श्रीलंकालाई ३ – २ को अन्तरे विजय हासिल गरेको छ । आज भएको खेलमा श्रीलंकालाई हराइपछि नेपाल प्रतियोगिताको उपविजेता भएको छ । हिजो भारतले श्रीलंककालाई ३–० को सोझो सेटमा हराए पछि दक्षिण एशियाली महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता उपाधि नजिक पुगेको हो । सोमवार भएको खेलमा कडा प्रतिद्धन्दी भारतले श्रीलंककालाई २६–२४,२५–११ र २५–१९ ले पाखा लगायो । राउन्डरबिनका आधारमा खेलाईएको खेलमा भारतले अपराजित रहदै ९ अंक जोडेको छ । भारतले अन्तिम खेल कमजोड टिम बंगलादेशसग खेल्ने छ । तीन खेलबाट समान ६–६ अंक बनाएका नेपाल र श्रीलंकका बीचको अन्तिम खेलसगै प्रतियोगिताको समापन समारोह संचालन हुनेछ ।