आगामी जनवरीमा नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन–टु को खेल तालीका सार्वजनिक

पुष ८, काठमाडौँ- आगामी जनवरीमा नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन–टु को खेल तालीका सार्वजनिक भएको छ । अन्तराष्ट«िय क्रिकेट परिषद आइसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल युगान्डासँग खेल्नेछ ।

जनवरी १७ देखि २४ सम्म हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले जनवरी १८ मा उपाधि दाबेदार नेदरल्याण्डसँग खेल्नेछ ।
त्यसपछि नेपालले जनवरी २० मा क्यानडासँग, जनवरी २१ मा आयोजक नामिबियासँग तथा जनवरी २३ मा केन्यासँग खेल्नेछ ।
जनवरी २४ मा हुने फाइनलमा शीर्ष दुई टोली खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले चार दिवसीय अन्तरमहादेशीय कप र ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाउनेछन् ।
डिभिजन टु मा सहभागिता जनाउन नेपालले यसै साता पारस खड्काको कप्तानीमा १४ सदस्यीय अन्तीम टोलीको घोषणा गरिसकेको छ ।