शीर्ष तीन दलको बैठक बालुवाटारमा जारी

पुष ८, काठमाडौँ-संविधान निर्माणका लागि अपनाइने प्रक्रियाको बारेमा छलफल गर्न प्रमुख तीन दल, नेपाली काङ्ग्रेस, नेकपा एमाले र एकीकृत माओवादी पार्टीका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास वालुवाटारमा जारी छ । बिहान ९ बजेबाट  सुरु भएको  बैठकमा दलहरुबीच पछिल्लो समयमा उत्पन्न विवाद, माघ ८ को समयसीमा लगायतका बिषयमा छलफल भइरहेको काँग्रस महामन्त्री कृष्ण प्रसाद सिटौलाले बताए । तीन दिनअघिको बैठकमा काङ्ग्रेस र एमालेले पेलेरै जान खाजेकोभन्दै एकीकृत माओवादी नेताहरु बाहिरिएदेखि सत्ता र प्रतिपक्षी दलहरु आरोपप्रत्यारोपमा उत्रिएका थिए । एकीकृत माओवादी नेतृत्वको मोर्चाले हिजो मात्रै आन्दोलनको घोषणा गरेपछि आज तीन दलको बैठक बस्न लागेको हो । भावी संविधानका विवादित विषयमा सहमति गरी संविधान जारी गर्ने पूर्व निर्धारित मिति माघ ८ आउन अब ३१ दिन मात्र बाँकी छ ।