रजनीकान्त अभिनित चलचित्र ‘लिंगा’ नेपालमा शुक्रबारबाट प्रदर्शन

काठमाण्डौ -साउथ इण्डियाका सुपरस्टार रजनीकान्त अभिनित चलचित्र ‘लिंगा’ अब नेपालमा पनि प्रदर्शन हुने भएका छ । यसै साताको शुक्रबारबाट नेपालभर प्रदर्शनमा आउन लागेको तामिल फिल्म ‘लिंगा’ लाई दर्शना आर्ट्सले वितरण गर्न लागेको हो ।

भारतका विभिन्न प्रान्तमा धमकेदार व्यापार गरिरहेको तामिल फिल्म ‘लिंगा’ले प्रदर्शनमा आएको ३ दिनमा नै १०० करोडको व्यापार गरेको थियो । दर्शना आट्सका अनुसार सुपरस्टार रजनीकान्तका नेपालमा पनि अत्याधिक फ्यान भएका कारण यस चलचित्र नेपालमा प्रदर्शन गर्न लागिएको हो ।
लिंगामा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको साथमा साउथ चर्चित अभिनेत्री अनुष्का सेट्टीको पनि अभिनय छ । फिल्मलाई के एस रविकुमारले निर्देशन गरेका हुन् । रजनीकान्तको एक्सन र रोमान्सले भरिएको ‘लिंगा’ले बलिउडस्टार आमिर खान अभिनित चलचित्र पिकेलाई समेत असर पर्न सक्ने बताइएको छ ।