संवाद समितिको प्रतिवेदनमा आज पनि छलफल जारी

पुष ८, काठमाडौँ-संवैधानीक राजनीतिक तथा संवाद समितिक  प्रतिवेदनमाथि आज पनि  छलफल जारी हुने भएको छ । संविधानसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको प्रवक्ता मुकुन्द शर्माले बताए । यसअघि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनबारे बोल्नका लागि नाम टिपाएका मध्ये आधा सभासदले आआफ्नो धारणा राख्नेक्रम सकिएको छ । ३ सय ६० जना सभासदले संवाद समितिको प्रतिवेदनमाथि धारणा राख्नका लागि संसद सचिवालयमा नाम टिपाएका थिए । अहिलेसम्म १ सय ८० जनाभन्दा धेरै सभासदले बोलिसकेको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए । उनका अनुसार प्रतिवेदनबारे धारणा राख्नका लागि नाम टिपाउनेक्रम पनि जारी छ ।  यसैबिच संविधानसभामा धारणा राख्ने काङ्ग्रेए–एमाले लगायत सत्ताधारी दलका सभासदले प्रक्रियामा गएर भए पनि माघ ८ मा संविधान जाारी गर्नुपर्नेमा जोड दिइरहेका छन् भने एकीकृत माओवादी लगायत मधेसवादी दलका सभासदहरु भने सहमतिमै संविधान जारी गर्नुपर्ने बताइरहेका छन् ।