सुनितालार्इ फकाउन विदेशमा मोहनले के के गरेनन् ?

काठमाण्डौ-सञ्चारकर्मी दयाराम घिमिरेले निर्देशन गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । तिमी आउँ जिन्दगीमा नामक सार्वजनिक म्युजिक भिडियोमा मोहन बोगटि र सुनिता शर्मा अभिनय गरेका छन् । दुबर्इमा छायांकन गरिएको यस म्युजिक भिडियो लाइ बिपिन भाट ले सम्पादन गरेका हुन् । तेनहाङ राइको संगीत एवं राजेश बिद्रोहिको शब्द रहेको यो गित एल्वम सानु मा समावेश गरिएको छ । सार्वजनिक यस म्युजिक भिडियोमा प्रेमिले प्रेमिकालाइ फकाउन गरिएका विभिन्न कृयाकलाप देखाइएको छ । अबुधावि पुलिसमा कार्यरत मोहन बोगटिको अभिनयले म्युजिक भिडियोलाई अझ सशक्त बनाएको निर्देशक घिमिरेले बताए ।