सेयर बजार लगातार ओरालो, नेप्सेमा ११ अंकको गिरावट

पुष ७, काठमाडौँ- सेयर बजार सोमबार पनि घटेको छ । बजार ११।१७ अंकले घटेर ८८५ अंकमा पुगेको छ । कारोबार रकम पनि घटेको छ । सोमबार १४ करोड ७२ लाख रुपैयाँका सेयर किनबेच भएका छन् ।
दिनभरीमा १२५ कम्पनीका सेयर किनबेच भएका छन् । कुल दुई लाख ७३ हजार २६४ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

सबै सुचकहरु घटेका कारण बजार फराकिलो अन्तरले ओरालो लागेको हो । सबैभन्दा वढी होटल, बिमा, बैंकिङ र जलविद्युत् समूह घटेका छन् ।

एक करोडभाथि एनसिसी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्वाभलम्वन विकास बैंकको सेयर कारोबार भएको छ । करिव ९६ लाख रुपैयाँको सेयर प्राइम बैंकको कारोबार भएको छ ।