अस्पताललाई उपचारमा प्रयोग हुने उपकरण सहयोग

पुष ७, म्याग्दी-म्याग्दीको बेनीमा रहेको जिल्ला अस्पताललाई एक परिवारले आफ्ना दिवङ्गत अभिभावकको स्मृतिमा  एक लाख मूल्य बराबरको उपकरण सहयोग गरेका छन् ।
बेनीका खगेन्द्र, गगेन्द्र र ज्ञानेन्द्र गौचनले स्वर्गीय पिता क्षेत्रबहादुर गौचनको स्मृतिमा जिल्ला अस्पताललाई आइतबारे दम, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा प्रयोग हुने उपकरण प्रयोग गर्नु भएको जिल्ला स्वास्थ्य प्कार्यालयले जनाएको छ ।